Latest Update

किन हुदैन सहमति ?

देशमा विद्यमान संकट भनेको सहमतिको हो । सहमति कहिले जट्छ र संविधान कहिले बन्छ भन्ने बिषयले आम जनताको मानसपटललाइ सशंकित तल्याएको छ । सहमतिको रटान लगाएर कहिल्यै नथाक्ने दलका शीर्ष नेताहरु र समयमै संविधान निर्माण गरी जारी गर्नपर्छ भन्ने चेतना नभएका सभासदका कारण आज देश अनिर्णयको बन्दिमा फसेको छ । सहमतिको नाममा तारे होटलमा बैठक बस्न पनि पछाडि नपर्ने दलका नेताहरुले संविधान सभाको यो समयसम्म पनि सहमति जटाउन सकेका छैनन् । के सहमति भनेको कुनै अन्तराष्ट्रिय निकायबाट आयात गरिने शब्द हो रु के सहमति भनेको बोटमा टिपेको फल हो रुे के सहमति भनेको सत्ताको चलखेल हो रु यो सबै प्रश्नको उत्तर नेताहरुले अब हामी जनतालाई दिन आवश्यक छ ।, जनताहरु सधैँ सत्य हन्छन् र उनिहरु सधै सत्य कै पक्षमा हन्छन् । सहमतिको नाममा जनतालाइ झुक्याउने र सत्ताको बिलास र आत्म स्वार्थ पुरा गर्न लाग्ने तत्वहरुलाई जनताले पत्ता साफ गराउनुपर्छ । जनताको मर्म अनुकल कनै नेताहरुले कार्य गर्दैनन् भने तिनीहरुलाई ठेगान लगाउन पर्छ र त्यसका लागी नेताहरुले  जनतासंग हामीहरुले सहमति गर्न सकेनौँ भनेर माफि मागेर पुनः निर्वाचनको तयारी गर्नपर्छ । जनताले ति नेतालाई अयोग्य घोषित गरि नयाँ पस्तालाइ सत्ता हस्तान्तरण गर्नपर्छ । कहिँ नभएको जात्रा हाडिगाउँमा भनेझैँ गरि नेताहरुले बर्षभरी नै सहमतिको जात्रा देखाइरहेका छन् । संविधानको मिसन माघ ८ को पर्व सन्ध्यामा सहमतिको नयाँ नयाँ मन्त्रहरु जप्न सरु गरिएता पनि यी मन्त्रहरुले साँच्चै नै काम गर्छन त भन्नेमा धेरैको आशंका रहेको छ । नेताहरु जनताको माग होइन की आफ्नो सत्ताको तरुप फ्याक्ने दाउ खोजिरहेका छन् । एकातिर संघियताको मुद्धा र अर्कोतिर सत्ताको दाउलाई एकैसाथ प्याकेजमै सहमति गर्ने दलहरुको भित्री मनसायले कतै जनताको संविधानको मुद्धा छायामा पर्ने त होइन भन्नेमा सबै जनता सचेत हुन  जरुरी छ । राज्यको शासकिय स्वरुप, निर्वाचन प्रणाली, संघियता र राज्य विभाजन लगायतको बिषयमा दलहरुबिच आम सहमति हुन्छ र माघ ८ मा नै संविधान आउँछ भन्ने कुराले बजार ताते पनि यो एउटा देखाउने दाँत मात्रै भएको राजनैतिक बिश्लेषकहरुको भनाई रहेको छ ।


             सहमति हुन नसक्नुको प्रमुख कारण भनेकै बैदेशिक तत्वले नेपालको राजनैतिक आहालमा खेल्न चाहनु हो । दक्षिण एसियाका नाइके मानिने देश भारतका बिभिन्न तन्त्र जालहरुमा आफ्नो स्वार्थ पुरा गर्न खोज्ने राजनैतिक दलका कारण सहमतिमा बाधा पुगेको राजनैतिक पण्डितहरु बताउँछन् ।  जब जब नेपालमा समस्या आउछ तब तब यहाको समस्यामा खेल्ने र अस्थिरता पैदा गर्ने तथा त्यहि अस्थिरतालाइ टेकेर आफ्नो इच्छा पुरा गर्ने राजनैतिक परिपाटिका कारण नेपालमा अस्थिरता छाइरहेको छ । यो तथ्यलाई कुनै पनि दलले आत्मसाथ गर्न नसक्दा भने देशमा असहमति र अस्थिरता बढ्दै गएको देखिन्छ । यो समस्याको सामाधानका लागी सम्पुर्ण नेताहरु एउटै फोरममा उभिएर जनताको बारेमा एकपटक गम्भिर भएर सोच्नुपर्छ । देश बिगार्ने र बनाउने उनिहरुकै हातमा रहेतापनि यदि जनता जागे भने असहमति गर्ने सहमतिमा पुगेका नेताहरुको  कुनै भविष्य पनि देखिदैन । सबैलाई चेतना भया ।  

No comments