जनतालाई विकास : देशलाई निकास
Nepalese are involve in infrastructure development || Image Source: https://bit.ly/2P7XEwT |
मानव विकास सूचकाङ्कमा पछि परेता पनि हामीले हाम्रो देश बनाउन विभिन्न आधारहरु पहिल्याउन सक्दछौँ । घर समृद्धि नै विश्व समृद्धिको आधार भनेझैँ हरेक घरलाई समृद्ध बनाउन सकेको खण्डमा देशलाई समृद्ध बनाउन सकिन्छ । विभिन्न तह र तप्कामा बस्ने आमव्यक्तिले अब राष्ट्रनिर्माणको बारेमा पनि केही समय सोच्न जरुरी छ ।
नेपालको विकास तथा समृद्धिको आधार नेपाली जनता र नेपालीले नै तय गर्नुपर्दछ । हरेक देशका नागरिक नै त्यो देशको निर्माणका प्रथम र निर्णायक शक्ति हुन । विकास निर्माणका लागि विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति, संस्था र समुदायले विकास निर्माणमैत्री सोच र अवधारणालाई आत्मसात गर्नुपर्दछ । हरेक नेपालीले अब आफ्नो घर, समाज र देशलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा एक मिनेट विचार गर्नु पर्दछ । यद्यपि यसका लागि राजनैतिक नेतृत्वमा लोकहितकारी विकासको अवधारणा र अर्थोमुखी योजना तथा सोचको निर्माण तयार हुनु पर्दछ । त्यसका लागि सम्बन्धित क्षेत्रले आवश्यक नीति, नियम र मापदण्ड निर्माण गरी आन्तरिक लगानीलाई बढावा र बाह्य लगानीलाई प्रोत्साहित गर्नु पर्दछ भने लगानी पे्ररित वातावरणको सृजना गर्नु द्वितीय पूर्वाधार हो । त्यस्तै विकास निर्माण र यससँग सम्बन्धित यावत विषयमा दक्ष जनशक्तिको उत्पादन र परिचालनको व्यवहारिक कार्यान्वयन र कार्य तालिकाको निर्माण गर्नु तेस्रो पूर्वाधार हो ।
यस्तै नेपाललाई समृद्धतर्फ दिशानिर्देश गर्ने ५ आधारहरु यस प्रकार रहेका छन् ।
१) कृषि ः
नेपाल दक्षिण एसियामा रहेका हरियाली राष्ट्रहरुमध्ये एक हो । यहाँको भौगोलिक विविधता र जलवायुकोे कारणले विभिन्न प्रकारको खेती हुने गर्दछ । प्रकृतिको विविधताअनुसार हिमालमा चिसो स्थानमा हुर्कने बिरुवाहरु र जीव, जनावरहरुको लागि अनुकुल स्थान रहेको छ । यस्तै पहाडमा आएर चिसो र तातो हावापानी मिश्रित वातावरण रहेको छ भने तराई तातो हावापानीमा फस्टाउने कृषि उत्पादनको लागि उर्बर रहेको छ । यस्तै गरी नेपालमा रहेको भिरालो भू–बनोट फलफूल र तरकारी खेती तथा पशुपालनको पनि राम्रो सम्भावना रहेको छ ।
कृषि व्यवसायअन्तर्गत अर्गानिक खेती तथा कृषिजन्य सामग्री उत्पादन गरी नेपालको अर्गानिक कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायमा प्रवद्र्धन गरिनु पर्दछ । यस्तै दुग्ध व्यवसाय, पुष्प व्यवसाय, खाद्यान्न व्यवसाय, माछा तथा मासु व्यवसाय, नयाँ तथा ठिमाहा (हाइब्रिड) प्रजातिका बीउ तथा बेर्नाहरु साथै घाँसको उत्पादन गरी नेपाललाई आत्मनिर्भर र अन्य पशुपालन गर्ने देशहरुमा निर्यात गर्न सकिन्छ । यसकारण राष्ट्रलाई समृद्ध बनाउने पहिलो आधार कृषिलाई लिन सकिन्छ ।
२) पर्यटन ः
नेपालको सांस्कृतिक एवम् धार्मिक विविधता तथा प्राकृतिक सम्पदा यहाँको पर्यटनको प्रमुख आधार हो । नेपालको जल, जंगल र मानव निर्मित संरचनाहरु पर्यटक आकर्षणको मूल तत्वहरु हुन् । नेपालका अधिकांश स्थान तथा प्राकृतिक छटाहरु प्रचारप्रसारको अभावमा ओझेलमा परिरहेका छन् । हामी कहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावनाहरु रहेको छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध, हिन्दु धर्मको मुख्य शास्त्र वेदका रचयिता वेदव्यासलगायत विभिन्न धर्मसँग जोडिएर त्यसको प्रवद्र्धन गर्नु र त्यससँग सम्बन्धित पर्यटनलाई बिस्तार गर्नु आजको आवश्यकता हो । नेपाल सरकार र यहाँका जनताले स्थानीयताअनुसार धर्मको प्रचारप्रसार र यसको सारतत्वलाई संसारभर फैलाउन सके नेपाल धार्मिक पर्यटनको नमुना बन्ने थियो ।
विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र तथा मठ, मन्दिर, गुम्बा, चर्च, स्तुपलगायत नयाँ र आकर्षक शैलीमा निर्माण गरी विश्वको धार्मिक पर्यटकहरुको साझा गन्तव्यको रुपमा नेपाललाई विकास गर्न सकिन्छ । यस्तै हाम्रा प्राकृतिक सम्पदा र यहाँको हिमाल, पहाड, तराईको मौसम अनुकुल पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । यस्तै गरी स्वास्थ्य, कला, संस्कृति, अनुसन्धान, चट्टान आरोहण, मनोरञ्जन, साहसिक, हिमाल आरोहण, साइकलिङलगायतको क्षेत्रहरुको विकास गरी नेपालको पर्या पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ ।
३) जलविद्युत्
नेपाल विकासको प्रचूर संभावना बोकेको क्षेत्रमध्ये जलविद्युत् पनि एक हो । दक्षिण एसियामा जलविद्युत अर्थात् उर्जा समस्या विगतदेखिको नै हो । विश्वको जलस्रोतमा दोस्रो धनी देश नेपालमा जलस्रोत प्रचुर मात्रामा रहेको छ । नेपालमा हिमालयबाट तराईसम्म लगातार बगिरहने खोला तथा नदीहरु रहेका छन् । यी नदी तथा खोलाहरुको सदुपयोग गरी प्रशस्त मात्रामा जलविद्युत् उत्पादन गरी राष्ट्र विकासमा टेवा पु¥याउन सकिन्छ ।
४) औद्योगीकरण
उद्योग व्यवसाय र आयमूलक कर्मले मात्र राष्ट्रको विकास सम्भव रहेको छ । उद्योग धन्दाको विकास गरिनुलाई सामान्यतःऔद्योगीकरण भनिन्छ । नेपालमा हाल पश्चिमाञ्चल, पूर्वाञ्चलमा मात्र औद्योगीक क्षेत्रहरु रहेका छन् भने केही क्षेत्रलाई औद्योगीक करिडोरहरु पनि घोषणा गरिएको छ । औद्योगीकरण नै राज्य विकासको मूल आधार हो । नयाँ–नयाँ प्रविधिको प्रयोग र व्यावहारिक शिक्षा दिँदै दक्ष जनशक्तिका उत्पादनमा ध्यान पु¥याउनु नै औद्योगीकरणको विकासको पहिलो पाइला चाल्नु हो ।
नेपालको उर्वरभूमि आफैँ कृषि उद्योगको लागि उपयुक्त रहेको छ । यद्यपि कृषि उद्योगले मात्र राज्यको बेरोजगारीको दरलाई थाम्न सक्ने क्षमताको विकास भएको छैन । प्रतिकुल राजनैतिक वातावरण र कानुनी झन्झटिलोको कारण आज देशको अर्थतन्त्र धीमागतिमा त चलेको छ नै, भएका उद्योग व्यवसाय पनि बन्द भई आर्थिक संकट आउन सक्ने अवस्थाको आंकलन गर्न सकिन्छ । विकास निर्माण सम्बन्धी गलत नीति, वैज्ञानिक र प्रयोगात्मक शिक्षाको अभाव, गरिबी, अशिक्षा, बौद्धिक पलायन र भएका जनशक्ति पनि कमजोर हुनु नेपालमा उद्योग विकासको प्रमुख चुनौतीहरु हुन् ।
नेपालले हाल विकाशोन्मुख राष्ट्रहरुले प्राप्त गर्ने अनुदानलगायत सहयोग प्राप्त गर्दै आइरहेको छ तर पँुजीगत खर्च गर्न भने सरकार निरन्तर असफल रहेको देखिन्छ । जसका लागि अनुदान र ऋणहरु सरकारले औद्योगीकरणका लागि खर्च गर्नुपर्ने देखिन्छ । यस्तै रुखो माटो अर्थात् खेती नहुने ठाउँमा औद्योगीकरण गरिनु पर्दछ । सरकारले प्रदेश अनुकूल औद्योगिक क्षेत्र विकास गर्ने भन्ने नीति ल्याएता पनि यसको कुनै निर्देशिका बन्न सकेको छैन ।

५) प्रविधिकरण
देश विकासको निमित्त अन्तिम र अत्यन्तै मह¤वपूर्ण अस्त्र हो प्रविधिको विकास अर्थात् प्रविधिकरण । आज दुनियाँ एउटा सानो गाउँ (ग्लोबल भिलेज)को रुपमा विकास हँुदै गइरहेको छ । एउटा यूजर नेम र पास बर्डबाट लगिन गरेर आज हामीहरु दुनियाँको गतिविधिहरु नियालिरहेका छौँ । जुकरवर्गको भित्तामा झुण्डिएर फेसबुके र ट्विटरको माइक्रो ब्लगिङमा अनेकथरि ट्विट गर्दै उफ्रिनुको मजा छुट्टैै आइरहेको अहिलेको पुस्तालाई प्रविधिमा नै अभ्यस्त गराउने परिपाटी विकास भएमा राज्यबाट ब्रेन ड्रेनको समस्या पनि हराउँदै जाने थियो । यस्तै सूचना तथा प्रविधिको विकासको लागि काभ्रे जिल्लाको प्रविधि पार्क हाल निकम्मा भएर थन्किरहेको छ भने सूचना तथा संचार प्रविधिको प्रयोग र आवश्यक नीति नहुनुले यसको विकासमा सरकार चुकिरहेको स्पष्ट हुन्छ । हामी त सिटामोल र जीवनजल नपाएर ज्यान गुमाउन बाध्य छौँ । सिसि टिभीको व्यवस्था गर्न नसकेर वषौँदेखि परीक्षामा हजारौँ शिक्षकलाई गार्डको रुपमा राखेर अबौँ रुपैयाँ खर्च गरिरहेको छ । ब्याङ्कमा पैसा राखेर मास्टर, भिजा वा एटिएम कार्डको व्यवस्था उचित रुपमा गर्न नसक्दा बर्सेनि नोटहरु छाप्दा असंख्य खर्च भइरहेको छ । आज मानिसहरुले सरकारको गतिविधि वेभसाइटमार्फत् हेर्न चाहन्छन् । तर आजै पनि राजपत्राङ्कमा हेर्नु सिवाय नागरिकको विकल्प रहेको छैन । सरकारको काम कारबाही सूचना प्रविधिमार्फत् नागरिकले थाहा पाउने, राज्यका सम्पूर्ण निकायमा सिसि क्यामेरा जडान गरी कसले कुन ढङ्गबाट कार्य सम्पादन गरिरहेको छ भनि मूल्यांकन गर्ने र भ्रष्टाचारको अवस्था सूचना तथा प्रविधिको प्रयोग गरी कल रेकर्ड गर्ने व्यवस्था गरेमा देशमा विद्यमान समस्याहरुको न्यूनीकरण गर्न सकिन्छ ।
यसप्रकार नेपालको विकासको लागि हामी नेपाली नगरे अरुले गरिदिएला भन्ने सोेच नराखी आफ्नो राष्ट्र निर्माण गर्न जुटौँ । थोरै स्रोत साधन भएता पनि त्यसको उच्चतम सदुपयोग गर्न सकेमा देशको विकास सम्भव रहेको छ । त्यस्तै राजनैतिक नेतृत्वले पनि जनता छक्याउने प्रपञ्च रचि पञ्जाछक्काको दाउ नलगाइकन इमान्दारीपूर्वक विकासमुखी राजनीति गरी देशलाई निकास र जनतालाई निकासदिन सकिन्छ ।
- See more at: http://echitwanpost.com/chitwan/35721/04_12#sthash.mNUvIFsA.dpufदेश विकासको निमित्त अन्तिम र अत्यन्तै मह¤वपूर्ण अस्त्र हो प्रविधिको विकास अर्थात् प्रविधिकरण । आज दुनियाँ एउटा सानो गाउँ (ग्लोबल भिलेज)को रुपमा विकास हँुदै गइरहेको छ । एउटा यूजर नेम र पास बर्डबाट लगिन गरेर आज हामीहरु दुनियाँको गतिविधिहरु नियालिरहेका छौँ । जुकरवर्गको भित्तामा झुण्डिएर फेसबुके र ट्विटरको माइक्रो ब्लगिङमा अनेकथरि ट्विट गर्दै उफ्रिनुको मजा छुट्टैै आइरहेको अहिलेको पुस्तालाई प्रविधिमा नै अभ्यस्त गराउने परिपाटी विकास भएमा राज्यबाट ब्रेन ड्रेनको समस्या पनि हराउँदै जाने थियो । यस्तै सूचना तथा प्रविधिको विकासको लागि काभ्रे जिल्लाको प्रविधि पार्क हाल निकम्मा भएर थन्किरहेको छ भने सूचना तथा संचार प्रविधिको प्रयोग र आवश्यक नीति नहुनुले यसको विकासमा सरकार चुकिरहेको स्पष्ट हुन्छ । हामी त सिटामोल र जीवनजल नपाएर ज्यान गुमाउन बाध्य छौँ । सिसि टिभीको व्यवस्था गर्न नसकेर वषौँदेखि परीक्षामा हजारौँ शिक्षकलाई गार्डको रुपमा राखेर अबौँ रुपैयाँ खर्च गरिरहेको छ । ब्याङ्कमा पैसा राखेर मास्टर, भिजा वा एटिएम कार्डको व्यवस्था उचित रुपमा गर्न नसक्दा बर्सेनि नोटहरु छाप्दा असंख्य खर्च भइरहेको छ । आज मानिसहरुले सरकारको गतिविधि वेभसाइटमार्फत् हेर्न चाहन्छन् । तर आजै पनि राजपत्राङ्कमा हेर्नु सिवाय नागरिकको विकल्प रहेको छैन । सरकारको काम कारबाही सूचना प्रविधिमार्फत् नागरिकले थाहा पाउने, राज्यका सम्पूर्ण निकायमा सिसि क्यामेरा जडान गरी कसले कुन ढङ्गबाट कार्य सम्पादन गरिरहेको छ भनि मूल्यांकन गर्ने र भ्रष्टाचारको अवस्था सूचना तथा प्रविधिको प्रयोग गरी कल रेकर्ड गर्ने व्यवस्था गरेमा देशमा विद्यमान समस्याहरुको न्यूनीकरण गर्न सकिन्छ ।

No comments