Latest Update

बालक


 

बालक म सानो छु

भोली ठूलो हुनेछु ।

अहिले त म कोपिला

फक्रेर फूल बन्नेछु ।।


कविता लेख्ने बानी मेरो 

गीत पनि रच्छु ।

नेपालमा म जन्मिएर

केही गर्न सक्छु ।।


लडाई गर्न परे गर्छु

तर म त लुक्दिन ।

नेपाली हुँ बिरता छ 

शत्रुसँग झुक्दिन ।।


अशान्तिलाई हटाएर 

शान्ति ल्याउनेछु ।

परिआए देशको लागि मर्न तयार छु ।।

(हाम्रो एफ एम् ९४ मेगाहर्जबाट प्रसारित)

No comments