Latest Update

लोकतन्त्र

 

लोकतन्त्र आयो भन्छन् , बुझ्दैन कसैले गरिबको मर्म

सबै भन्छन् हामी मान्छौँ धर्म, गरिबको सेवा नगरे हुँदैन धर्म ।

हे नेता हो,

अझै पनि यो देशमा लोकतन्त्र आएको छैन है!

गरिब र पिडीत जनतालाई न्याय दिएको खै ?

आ‌‍ओस् लोकतन्त्र शुद्ध र शान्ति गरेर

नआओस लोकतन्त्र एकले अर्कोलाई मारेर ।

आउ लोकतन्त्र तिमी त्यो गरिवको झोपडीमा

नआउ लोकतन्त्र तिमी, त्यो सामन्तको खोपडीमा ।

लोकतन्त्र आएर भन्छन् महिलालाई ३३ प्रतिशत छुट

किन त हाम्रो देशका मानिसले, महिलालाई बनाउछन् खुट्टाको बुट ।।

न्याय खोज्न उठाउँ बुद्धलाई, अरुलाई जगाउँ

सबैजना एकजुट भई अशान्तिलाई हटाउँ ।।

परिआए देशका लागि ज्यान दिनुपर्छ

सबै मिली गणतन्त्रको कार्यान्वयन गर्नुपर्छ ।।

कतै केहीमा गल्ती भए सच्याईदिनुहोला 

स्टेजबाट बिदा हुन्छु बिदा दिनु होला ।।

(२०६६ को लोकतन्त्र दिवसमा वाचन गरिएको)

No comments