Latest Update

बालअधिकार


 

जन्मेदेखी बालबालिकाले १६ बर्षसम्म पाउने अधिकार

यसैलाई नै भनिन्छ बाल अधिकार ।

गास बास र कपासको छैन यिनको ठेगाना

यी तिन चिजको अभावमा कत्ति बेर छैन ज्यान जान ।

नेता सांसद् सबै भन्छन् हामीलाई सरकारमा पठाउ है

सरकारमा गए सबैजना बालअधिकारका कुरा खै ?

भन्ने बेला बाल अधिकार भने बालअधिकारको मुद्धा नै बिर्सन्छन्

जब चुनाव आयो अनि हाम्रै पाउमा घिस्रदछन् ।

नेताहरुलाई कुर्सी भए अरु केही नी चाहिँदो रहिन्छ 

बालशोषण छ जताततै बालअधिकार कहाँ सुरक्षित हुन्छ ?

आजै देखी बालशोषण अन्त्य गर्न उठौँ

बालअधिकार जोगाउन अब सबै जुटौँ ।

त्यसैले त भन्छु

बालबालिका हुन् भविष्यका कर्णधार

यी दुई हुन् उन्नतीका द्वार ।।

(विक्रम संवत् २०६६ को भाद्र २९ गते सिनर्जी एफ् एम् ९१ दशमलब ६ मेगाहर्ज चितवनबाट प्रसारित)

No comments