नयाँ नेपाल
मान्छे नयाँ, बिचार नयाँ, सत्ता पनि नयाँ
महंगीले ढाड सेक्यो, भत्ता पनि नयाँ ।।
जागीर नयाँ, तलब नयाँ, शासन पनि नयाँ
गर्दैन खै कसैले नी गरिवमाथी दया ।।
क्रान्ती नयाँ, शान्ति नयाँ, सरकार पनि नयाँ
कुर्सी नयाँ, बजेट नयाँ, भाषण पनि नयाँ ।।
आन्दोलन नयाँ, सम्मेलन नयाँ, फोटोसेशन पनि नयाँ
नयाँ नेपालमा सबैले गर्ने, फेसन पनि नयाँ ।।
दूर्घटना नयाँ, पहिरो नयाँ, बाढी पनि नयाँ
मूर्ती चोर्ने, गैँडा मार्ने, झाडी पनि नयाँ ।।
No comments