Latest Update

पैसाको प्रेम

 


साँझतिर हल्का हल्का, अलिकति पिएको थिएँ,

मायासँग विछोड भई, रुवाईमा जिएको थिएँ ।

साथ दिई एक्लै पारी, आज मलाई छोडी दिए

मायालुलाई फकाउन, लाली पाउडर दिएको थिएँ ।

उनको माया सम्झी मैले, विछोडमा थोरै पिएँ 

छुटेपछि उनको साथ, जीवन आधाआदी जिएँ ।

बहुमूल्य सपना थियो, अर्धविराम लगाई दिए

राम्रो राम्रो भन्दाभन्दै, एक्लो किनार बनाइदिए ।

सुगन्धित थियो फूल, झटारोले झारिदिए

जब गोजी रित्तो भयो, प्रेमिकाले छाडीदिए ।।

(२०६७ फागुन महिनामा रचना गरिएको)


No comments