गजल
रचना मितिः २०६९ मंसिर २४
लेखकः एम्.के. ज्वाला
तिखा चुच्चा काँडाहरुले, कोरिएको छ वर्तमान
आफ्नो भाग्य आफंँले, फोरिएको छ वर्तमान ।।
के आशा राख्नु, कोरिएका र फोरिएकाहरुसँग
कता के गर्ने, घोरिएको छ वर्तमान ।।
आजकल सडकमा राम र लक्ष्मणहरु देखिदैनन्
पैसामा विकाएर मान्छेहरुलाई, जोरिएको छ वर्तमान ।।
तिमी पाण्डवहरुको कुरा गर्छौ, कौरवहरुको विगविगी बढ्यो
फगत घरबाटै कृष्णजीलाई, चोरिएको छ वर्तमान ।।
यहाँ मूल्य मान्यता संस्कृति, शून्यसरी विलाउँदैछन्
रावण भिष्मतन्त्रले अपराध, डोरिएको छ वर्तमान
No comments