नयाँ नेपाल
देश विकास गर्नलाई, सबैजना लाग्नुपर्छ
नयाँ नेपाल बनाउनलाई, हामी स्वयं जाग्नुपर्छ ।।
हिमाल, पहाड, तराई, सबैतिर धार्मिक सहिष्णुता
अनेकतामा एकता, नेपालीको बिशेषता ।।
रक्तचन्दन, गैँडाको खाग, तस्करीलाई रोक्नुपर्छ
नयाँ नेपाल बनाउनलाई, भ्रष्ट्रचारीलाई ठोक्नुपर्छ ।।
भूमिमा स्वामित्व र, आर्थिक क्रान्ति हुनुपर्छ
समाजबादको लक्ष्य भेट्न, सबै एकजुट हुनैपर्छ ।।
No comments