गणतन्त्रको खोजी
रचनाः एम् के ज्वाला
Photo by: Photo by Mehmet Turgut Kirkgoz |
रातदिन आन्दोलन हुन्छ, गणतन्त्र आउँछ र खै ?
गरिब दलित जनताले, कहिले न्याय पाउँछ र खै ?
चुनाव गर्छु भनेर, जनता ढाँट्ने नेताहरु
चुनाव गरेनन् भने त, आन्दोलन गर्छौँ हामीहरु ।।
भ्रष्ट्राचार गरेर भरिएछ क्यारे भुँडी, दिँदैछन् धर्ना
देशमा केही भयो भने, गए अस्पताल भए भर्ना ।।।
शान्ति ! शान्ति!! भन्दा भन्दै, मर्न थाले नेपाली
स्वतन्त्रतासँग बाँच्नु छ, नेपालको झण्डा उचाली ।।।।
स्थायी शान्ती हुनु, हाम्रो चाहाना
नवबर्ष २०६५ को मङ्गलमय, शुभकामना ।।।।।
No comments