गजल
रचनाः एम् के ज्वाला
(यो गजल किशोर अवस्थामा प्रवेश गर्दैगर्दा सँगै पढ्ने मित्रको कथामा आधारित छ । यो मेरो सुरुवाती लेखन हो । यहाँ गजल गजल नभएर फजल भएको पनि हुन सक्छ । )
दिनुथियो यत्रो धोका जीवनमा आयौ किन
रुवाउनुथियो मलाई यत्रो झुटो कसम खुवायौ किन
प्रेम पत्र लेखी लेखी मलाई फसायौ किन?
मलाई रुवाई रुवाई शत्रुलाई हसायौँ किन?
तिमिले पत्र नलेखे भए म त तिम्रै हुने थिइन?
चोक्टा खान आको म त झोलमा डुबाई मार्यौ किन?
सोँच्न सक्थे सबै कुरा तिम्रै मायामा भुलायौ किन?
धोका दिई विछोडिई आज मलाई रुवायौ किन?
अझै पनि बेहोसी छु ज्यूँदै मारी गयौ किन?
अर्कैसँग माया लगाई विछोडमा रुवायौ किन?
प्रेमको बिच बाटोमा आज एक्लै पार्यौ किन?
जुनी जुनी साथ दिन्छु भनी झुटो कसम खुवायौ किन ?
No comments