लोडसेडिङ
सरकारको सय दिन भाषण गर्दै गयो
अब मात्र नेपालमा लोडसेडिङ रह्यो ।।
भन्छन् सबले जलस्रोतको दोस्रो धनी देश
बिद्यार्थीलाई भिराइदिए लोडसेडिङको भेष ।।
यता पनि लोडसेडिङ
उता पनि लोडसेडिङ
लोडसेडिङ नै लोडसेडिङ
परमानन्द झा को घरमा सधैँ बत्ति आउने
नेपाली जनताहरुले लोडसेडिङ पाउने ।।
भाषण गर्न भन्दा बरु हुन्थ्यो बिकास गरे
शिक्षण संस्था राजनितीको चपेटामा परे ।।
लोडसेडिङ घट्ला भनि बस्छु दिन गनी
देशमा बढेको लोडसेडिङले दुःखी भ छु म नी ।
(चितवन पोष्टमा प्रकाशित)
No comments